मेरो जित पछिल्लो कार्यकालमा गरिएका कामको अनुमोदन हो : रेनु (भिडिओसहित)

चितवन । भरतपुर महानगरपालिकामा पुन: निर्वाचित भएकी रेनु दाहालले आफ्नाे जित पछिल्लाे कार्यकालमा गरिएकाे कामकाे अनुमाेदन रहेकाे बताएकी छन् । जितपछि उनले भनिन्, ‘याे मेराे जित यसअघिकाे कार्यकालमा गरेकाे कामहरूकाे अनुमाेदन हाे ।’ उनले आफूले पहिलाे कार्यकालमा शुरू गरेकाे कतिपय कामहरूलाई पूरा गर्नेसमेत बताएकी छन् । त्यसकै लागि आफू पुन: दाेहाेरिएकाे बताएकी छन् ।

उनले जनताप्रति थप उत्तरदायी भएर काम गर्नेसमेत बताइन् । उनले आफूलाई हराउने काेसिसविरुद्ध जित निकालेकाे उल्लेख गर्दै मतदातालाई धन्यवाद भनिन् ।

उनले अब आफू भरतपुरमा नदाेहाेरिने बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *