पोखरामा पुनः मतगणनाको माग गर्दै काँग्रेसले दियाे निवेदन

पाेखरा । पाेखरा महानगरपालिकामा पुनः मतगणना गर्न माग गर्दै नेपाली काँग्रेसले निवेदन दिएकाे छ ।

काँग्रेसले महानगरकाे वडा नम्बर १ र १७ मा पुनः गणना गर्नुपर्ने माग राखेकाे हाे । पुनः गणनाकाे माग गर्दै वडा नम्बर १ की वडाध्यक्ष उम्मेदवार सीता गुरुङ र वडा नम्बर १७ का वडाध्यक्ष उम्मेदवार देवराज आचार्यले निवेदन दिएका हुन् ।

नेपाली काँग्रेस वडा नम्बर १ काे वडाध्यक्षमा ४१ मत र १७ मा ८३ मतले पराजित भएकाे थियाे ।

यसअघि नेकपा एमालेले पनि पुनः गणना गर्न माग गर्दै निवेदन दिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =