रुकुम नरसंहारविरुद्ध माइतीघरमा नाटक प्रदर्शन (तस्वीर)

काठमाडाैँ । २०७७ साल जेठ १० गते पश्चिम रुकुमको सोतीमा भएको नवराज बिक लगायतको नरसंहारविरद्ध मंगलवार माइतीघरमा सडक नाटक प्रस्तुत गरिएकाे छ ।

आभा फर कृयटिभिटीकाे आयाेजनामा भएकाे नाटक प्रदर्शनमा नवराज विक लगायतकाे हत्याकाे तात्कालीन अवस्थाकाे चित्रण गरिएकाे थियाे ।

त्यस्तै, आजै रुकुम घटनाविरुद्ध मण्डलामा अन्य विभिन्न संघसंस्थाले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नागरिक अगुवा तथा अधिकारकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा जात व्यवस्थाविरुद्ध कविता बाचन समेत गरिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *