श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूकाे नाम अनुमाेदित
२०७९ जेठ १० गते

काठमाडाैँ । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिले सरकारले सिफारिस गरेको २० जना प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने क्रममा दुई जनामाथि भने गम्भीर प्रकृतिको उजुरी आएको भन्दै अध्ययन समिति बनाएको थियो ।
उजुरी अध्ययन गर्ने क्रममा कुनै औचित्य नदेखिएपछि मिश्र र रायको नाम अनुमोदन गरिएको सभापति कर्णले बताए ।
यसअघि समितिले विभिन्न देशका लागि प्रस्तावित १८ राजदूतहरूको नाम अनुमोदन गरिसकेको छ ।
२०७९ जेठ १० गते
प्रतिक्रिया








