विद्यार्थीलाई दुर्व्यवहार गरेकाे आराेपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
२०७९ जेठ १० गते

काठमाडौँ । विद्यार्थीमाथि दुर्व्यवहार गरेकाे आराेपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एकजना शिक्षक पक्राउ परेका छन् ।
कलेजका छात्रालाई दुर्व्यवहार गरेको आराेपमा शिक्षक जनार्दन अधिकारी पक्राउ परेका हुन् ।
प्रहरीले हालसम्म जाहेरी आइनसकेकोले घटनाबारे थप अनुसन्धान जाेहेरी पछि अघि बढ्ने बताएकाे छ ।
विद्यार्थीहरूले अधिकारीमाथि गलत मनसायले आफूले भनेकाे माने सहयाेग गर्ने प्रस्ताव राखेकाे आराेप लगाएका छन् ।
२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित









