फोनपे आईएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण

काठमडौँ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुन सफल भएको छ । फोनपेले आफ्नो सेवामा उच्च गुणस्तर कायम गरेको हुनाले आईएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट) २७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो ।

यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका कम्पनीले जनाएको छ । र, भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुरा थप प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

आइएसओबाट प्रमाणिकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘फोनपे आम ग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध छ । त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ । आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौँ ।’

यस्तै फोनपेका हेड अफ सेक्यूरिटीका आस्लम अलीले भने, ‘आइएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि हामी प्रतिबद्ध छौँ भन्ने देखाउँछ । यसमा सम्पूर्ण कर्मचारिको प्रयास र योगदान समावेश छ । त्यसैले आज हामी यो भन्न पाउँदा गर्व गर्छौँ कि सुरक्षा र डाटा संरक्षणका लागि जागरुकता एउटै विभागमा सिमित छैन तर हाम्रो कर्पोरेट संस्कृतिमा निहित छ ।’

फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ (पीसीआई डीएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक कम्पनी हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब ७ लाख मर्चेन्ट रहेका छन् ।

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *