बाजुरामा एकीकृत समाजवादी दुई वडा सदस्यमा सीमित

बाजुरा । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी बाजुरामा दुई वडा सदस्यमा सीमित भएको छ । जिल्लाका ९ वटा स्थानीय तहका ६९ वडामध्ये समाजवादी दुई वडामा सदस्यमै सीमित बन्न पुगेको हो । यद्यपि जिल्लाका बुढीग‌गा नगरपालिकाको मतगणना भएको छैन ।

बुढीगंगाबाहेक बाँकी ८ पालिकाका ५९ वडामा नेकपा एकीकृत समाजवादी पार्टी दुई वडा सदस्यमै सीमित भएको छ । निर्वाचन आयोगका अनुसार एकीकृत समाजवादीले जिल्लाको जगन्नाथ गाउँपालिका वडा न २ को खुला सदस्य र दलित महिला सदस्यमा मात्रै जितेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडा न २ को खुला सदस्यमा कृष्ण नाथ र दलित महिला सदस्यमा रामु लुहार विजयी भएका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीको बाहुल्यता भएको भनिएको स्वामिकार्तिक खापर गाउँपालिकामा उसले एक सदस्य समेत जित्न सकेन ।

चुनाव अगाडि नेकपा एकीकृत समाजवादीले स्वामिकार्तिक खापर गाउँपालिकामा मात्रै २ हजार भन्दा बढी मतदाता रहेको दाबी गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *