नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त

काठमाडौँ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । नविल बैंकमा बंगलादेश बैंक मर्ज गराउन प्रमुख भूमिका निर्वाह गरेका ढुंगानालाई नविल बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको बैठकले १७ असारदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि ढुंगानाले नेपाल बंगलादेश बैंकमा १० वर्षसम्म सीईओ भएर गत पौष १६ गते बिदा भएका थिए ।

नबिल बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिन लागेकोले ढुंगानालाई नविल बैंकले सीईओ नियुक्त गरेको हो ।

सीईओमा ढुंगानाले जिम्मेवारी सुरु गरेपछि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *