तनहुँमा दलित समुदायका दुई उपप्रमुख निर्वाचित

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन्।

तनहुँका १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतमे सो पदमा निर्वाचित भएका हुन्। विक नेकपा (माओवादी केन्द्र) र गोतमे नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

यसैबीच, जिल्लामा मतगणना सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन्। देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

ऋषिङ, आँबुखैरेनी, भानु, भिमाद, बन्दीपुर र म्याग्दे गाउँपालिकाले मतपत्र बुझाइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए। उनले भने, “निश्चित अवधिभित्र मुद्दा नपरेपछि मात्रै व्यवस्थित गरिनेछ।”

मतगणनापश्चात ६ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *