पाथीभरा दर्शन गरेर फर्किएकी महिला मृत फेला

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकाकी एक महिला मृत भेटिएकी छन् । ताप्लेजुङस्थित पाथीभरा दर्शन गरेर फर्किएकी बिर्तामोड ५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी हुन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एक होटलमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो । बराइली श्रीमान् विजय बराइलीसँग पाथीभरा दर्शन गरेर फर्किएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता कुशराम कार्कीले जानकारी दिए ।

उनको मृतबारे अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए । मायाका माइतीपक्षले आफूहरु आएपछि मात्रै शव उठाउन भनेकाले शव घटनास्थलमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *