कांग्रेस महामन्त्री शर्माको नगरमा एमालेको जित

काठमाडौँ । झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगरसमेत रहेको नगरपालिकाको मेयरउपमेयरमा एमाले विजयी भएको हो ।

एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६,४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढाथोकीले २१,३११ मत पाए । २०७४ को निर्वाचनमा गुमाएको विरासतलाई यसपटक फर्काएको हो ।

उपप्रमुखमा एमालेकी मीना उप्रेती पुनः दोहोरिएकी छन् । उनले २१,५९० मत पाउँदा गठबन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२,८१८मत पाए । एमालेले नगरका ११ वडा जितेको छ । कांग्रेसले ३ र माओवादीले एक वडा जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *