भरतपुरमा रेनु निर्वाचित हुने पक्का !

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उमेदवार रेनु दाहाल निर्वाचित हुने पक्का भएको छ।

अझै मतगणना बाँकी नै भएपनि रेनुले जित सुनिश्चित गरेकी हुन्। अहिलेसम्म रेनुले ४७ हजार ४३ मत पाएकी छन्। अहिलेसम्म भरतपुर महानगरपालिकाका १ देखि २५ नम्बरसम्मका वडाको गणना सम्पन्न भएको छ। २६ नं वडाको मतगणना अन्तिम चरणमा पुगेको छ भने २७ नं वडाको मत गणना पनि सुरु भइसकेको छ।

हालसम्म १ लाख १६ हजार ६ सय ६६ मत गणना भएको छ। गन्न बाँकी मत ११ हजार १ सय ७३ छ। गन्न बाँकी वडा नं २७, २८ र २९ मा जम्मा १० हजार ३ सय २४ मत खसेको छ।

रेणुले विजयविरुद्ध ११ हजार ४ सय ५७ मतको अग्रता लिइसकेकी छन्। हालसम्म रेणुले ४७ हजार ४० मत ल्याउँदा विजयले ३५ हजार ५ सय ८३ मत ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *