पोखरा मेयरमा धनराज आचार्यको अग्रता कायमै, उपमेयरमा गुरुङको छलाङ

पोखरा । पोखरा महानगरपालिकामा १३०७२७ मत गणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ।

पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य ५२९७२ मतसहित अगाडि छन्। गठबन्धनका आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले ४८५३६ मत प्राप्त गरेका छन्। आचार्य भन्दा थापा ४४३६ मतले पछाडि छन्। 

मेयरमै उठेका राप्रपाका शंकर खरालले ५४६२ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २९१९ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी मन्जु गुरुङ ५५५०५ मतसहित अग्रस्थानमा छिन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५१४८२ मत ल्याएकी छन् भने रानाभाटलाई पछ्याउँदै राप्रपाकी रन्जना कुमारी सेनले ५४६२ मत प्राप्त गरेकी छन्। लगातार आइरहेको मतपरिणाम उल्ट्याउँदै अघि बढिरहेकी एमालेकी गुरुङले कांग्रेसकी रानाभाटलाई हाल ४०२३ मतले पछाडि पारेकी छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *