भीम रावलको गृहनगरमा मेयरमा कांग्रेस, उपमेयरमा एकीकृत समाजवादी विजयी

धनगढी । अछामको साँफेबगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी निर्वाचित भएको छ।

एमाले नेता डा. भीम रावलको गृहनगरसमेत रहेको साँफेबगरको प्रमुखमा कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् भने उपप्रमुखमा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन्।

कांग्रेसका कुँवरले प्रमुखका लागि ७ हजार २६५ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वी एमालेका पशुपति कुँवरलाई पराजित गरेका हुन् भने प्रतिद्वन्द्वी पशुपतिले ५ हजार ३९ मत ल्याएकी हुन्। नगर उपप्रमुखमा भने समाजवादीका कुँवरले ६ हजार ४३४ मत ल्याए का छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत प्रात गरेका छन्।

यसअघिको निर्वाचनमा नगरप्रमुख र उपप्रमुखसहित ८ वडा एमालेले जितेको थियो भने ६ वडा कांग्रेसले जितेको थियो। योपटकको निर्वाचनमा भने नगर प्रमुखसहित ८ वडा कांग्रेस, ३ वडा एमाले, उपप्रमुखसहित १ वडा एकीकृत समाजवादी र २ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *