रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँट भएको छ । कम्पनीको सेयरमा १८ लाख ५९ हजार २४२ आवेदन परेको थियो । उक्त आवेदनबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताको लागि आवेदन परेको थियो ।

यी मध्ये जम्मा १८ लाख ५ हजार ४४० जना आवेदकहरु मार्फत प्राप्त जम्मा २ करोड १ लाख ९५ हजार ९१० कित्ता सेयर मध्येबाट २ लाख ५३ हजार ८९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ ।

सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट ४९ हजार ९ सय ८३ जना आवेदकबाट ११ लाख ५१ हजार १२० कित्ता सेयरका लागि परेको आवेदन रद्ध भएको थियो ।

बाँकी रहेको १८ लाख ९ हजार २५९ जना आवेदकबाट प्राप्त २ करोड २ लाख ४३ हजार ५१० कित्ता सेयर मध्ये १ हजार ७०९ जना आवेदकबाट प्राप्त १९ हजार ५०० कित्ता सेयरहरु दोहोरो आवेदन परेको र स्थानीयबासीहरुले सर्वसाधारण शेयरमा २ हजार ११० जना आवेदकहरुबाट २८ हजार १०० कित्ताका लागि आवेदन प्राप्त भएकोले सो आवेदकहरुलाई समेत गरी जम्मा ३ हजार ८ सय १९ जना आवेदहरुबाट प्राप्त ४७ हजार ६०० कित्ता शेयरलाई रद्ध भएको थियो ।

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई २०७९ वैशाख २८ गते देखि जेठ ४ गतेसम्म सार्वजनिक निष्काशन खुला गरेको थियो ।

कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीहरुलाई २ प्रतिशत बराबर ५४ हजार ६०० कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन गरेको थियो ।

सेयरको नतिजा प्रभु क्यापिटलको वेवसाइट  र तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *