थप १० जनामा काेराेना संक्रमण, १६ निकाे
२०७९ जेठ ९ गते

काठमाडाैँ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परीक्षणका क्रममा ८ जना र ५ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् ।
हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








