गोरखाको सहिद लखनको निर्णय : घर नम्बर बाँड्ने, भत्ता घरघरै पुर्याउने
२०७९ जेठ ९ गते

पोखरा । गोरखाको सहिद लखन गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेका छन् ।
यसअघि बैंकमार्फत वितरण गर्दा नागरिकले धेरै दुःख पाएका भन्दै अव बैंकसँगको साझेदारीमा घरघरमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको हो ।
पालिका अध्यक्ष रमेशबाबु थापा मगरले पदबहालीको दिन २ वटा निर्णयमा हस्ताक्षर गरेका छन् । उनले पालिकाका सबै घरलाई घर नम्बर वितरण गर्ने अर्को निर्णय गरे ।
जतिसक्दो छिटो घर नम्बर वितरण गर्ने उनको भनाई छ । यसले घरको संख्या जानकारी हुनुका साथै पालिकालाई नीति निर्माणमा समेत योगदान पुग्नेछ ।
थापा दोस्राे कार्यकालका लागि निर्वाचित भएका हुन् । यो कार्यकालमा पालिकाको आन्तरिक आम्दानी बढाउने र जनसेवाका लागि नयाँ परियोजनाहरू सञ्चालन गर्ने थापाले बताए ।
२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








