नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले नवलपरासीको कावासोती बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त रुपमा उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधानलगायत बैंकका कर्मचारी, कावासोती चेम्बर अफ कमर्शका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीको उपस्थिति थियो ।

योसँगै बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकका अनुसार २०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

थप जानकारीका लागि बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *