लाटोकोसेरो तस्करी गरिरहेका २ जना भारतीय पक्राउ

पर्सा । छिपहरमाई गाउँपालिका(१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी-१ ठेगाना भएका ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी-३ ठेगाना भएका ३५ वर्षीय शेख अनवर रहेका छन् ।

उक्त स्थानमा अवैधरूपमा वन्यपशुपन्क्षी लाटोकोसेरो चरा (उल्लू) १ वटा नेपालबाट भारततर्फ लाँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पक्षी लिई भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन सम्बन्धी कसूर मुद्दामा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *