गाेकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले लिए शपथ (तस्बिरसहित)

काठमाडाैँ । काठमाडाैँकाे गाेकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । मेयर दीपककुमार रिसाल, उपमेयर सान्नानी लामालगायतका पदाधिकारीहरूले साेमबार जिल्ला न्यायाधीशबाट शपथ ग्रहण गरेका हुन् ।

९ वडाध्यक्षहरूले पनि आजै शपथ ग्रहण गरेका छन् । आज वडा सदस्यसहित ४७ जनाले यहाँ शपथ ग्रणह गरेका हुन् ।

रिसाल नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर निर्वाचित बनेका हुन् । उनले ९ हजार ६ सय ९२ मत गरेका थिए भने उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उद्वव विष्ट ८ हजार ५ सय ४ मतमै सीमित भए । रिसाल १ हजार १ सय ८८ मतान्तरले विजयी भएका हुन् ।

यस्तै उपमेयरमा भने एमालेकी लामाले बाजी मारिन् । उनले ८ हजार ८ सय ४ मत पाइन् । उनी कांग्रेसकी शान्ति नेपाललाई १ सय ३३ मत पछाडि पार्दै निर्वाचित भएकी हुन् । नेपालले ८ हजार ६ सय ७१ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *