भृकटी मण्डपमा १२ जेठदेखि ३ दिने प्लाष्टिक प्रदर्शनी आयोजना हुँदै

काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनले आगामी जेठ महिनाको १२, १३ र १४ गते काठमाडौँको भृकुटी मण्डपमा ‘प्लास्ट नेपाल २०२२’ नामको प्लाष्टिक प्रदर्शनी आयोजना गर्न लागेको छ । फाउण्डेशनले यो तेस्रो संस्करणको प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यसअघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको फाउन्डेशनले बताएको छ ।

अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु, भारत लगायत अन्य देशका समेत करिब ५ हजार प्लाष्टिक उद्यमी व्यवसायी, करिब १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएकोे आयोजक संस्थाले जनाएको छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् ।

प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ ।

प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो । यो संस्थाले नेपालमा प्लाष्टिकको दिगो वृद्घिको लागि निरन्तर काम गरिरहेको जनाएको छ । नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीसँग मिलेर काम गरिरहेको छ ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्तालाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *