काठमाडौँमा सिंह र स्थापित भिड्दै, बालेन ४५६१३ मतसहित अग्रस्थानमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रस्थान कायम गरिरहँदा दोस्रो स्थानमा तीव्र प्रतिस्पर्धा छ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दोस्रो स्थानमा कायम छन्। सिर्जनाको २७१८३ मत आएको छ भने स्थापितले २६३०९ मत ल्याएका छन्। सिर्जनाको मत केशवको भन्दा ८७४ मतले बढी हो ।

पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन्। उनको लौरो चिन्हमा ४५६१३ मत आएको छ। पछिल्लो पटक कांग्रेस र एमालेसँग बालेनको प्रतिशत मतान्तर केही कम भए पनि अग्रता निकै फराकिलो छ। बालेन र सिर्जनाबीच १८४३० को मतान्तर छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *