जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्किएको आशंका

काठमाडाैँ । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको हनुसक्ने आशंका छ ।

विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो ।

विमान अवतरण गरेपछि चरासँग ठोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहले बताए । ‘हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न,’ उनले भने, ‘पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन् ।’

उनकाअनुसार चरा इन्जिनमा गएको हुसक्ने भएकाले जहाज यही होल्ड भएको छ । एयरलाइन्सका इन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *