मोरङको सुन्दरहरैचाको मेयर/उपमेयरमा एमाले विजयी

काठमाडौँ । मोरङको सुन्दर हरैचा नगरपालिका मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भए । ढकाल निवर्तमान मेयर हुन् ।

उपमेयरमा एमालेकै अकली चौधरी विजयी भएकी छन् । उनले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए । यहाँ कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *