वनस्थलीमा स्कुटर दुर्घटना; २० वर्षीय युवकको मृत्यु

काठमाडौँ । काठमाडौँको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनको आज उपचारका क्रममा मृत्यु भएको हो।

काठमाडौँ महानगरपालिका–१६ वनस्थली चोकमा बा ४ ख ५७३९ नं को बस र बा ५७ प ३४४४ नं को स्कुटर एकापसमा ठोक्किएका थिए। गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *