रंगेलीमा एमाले निर्वाचित, मेयरमा अग्रवालको दोश्रो कार्यकाल

विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयरमा देश्रोपटक दिलीपकुमार अग्रवाल निर्वाचित भएका छन्।

नेकपा एमालेबाट निर्वाचित भएका अग्रवालले नेपाली कांग्रेसका मोदराज घिमिरेलाई पराजित गरेका हुन्। अग्रवालले १२८६१ मत ल्याउँदा घिमिरेले ९०६१ मत मात्र प्राप्त गरे। त्यस्तै, उपमेयरमा भुमाकुमारी पराजुली निर्वाचित भएकी छन्। उनले जनता समाजवादी पार्टीका पन्नालाल मण्डललाई पराजित गर्दै पराजुली निर्वाचित भइन्। पराजुलीले ११७९० मत पाउँदा मण्डलले ५१७५ मत मात्र प्राप्त गरे।

रंगेलीमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाबिच चुनावी गठबन्धन थियो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा अत्यधिक मत ल्याएर निर्वाचित भएका अग्रवाल नेकपा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन्। अग्रवाल देशकै नाम चलेका उद्योगीमा समेत पर्छन्।

रंगेलीमा एमालेले ऐतिहासिक जित निकालेको छ। रंगेली नगरको ४७ पदका लागि भएको निर्वाचनमा एक सदस्य बाहेक सबै पदमा एमाले विजयी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *