जितपछि मतदातालाई हर्कराजकाे सम्बाेधन- तपाईंहरूबिना धरान बनाउनै सक्दिनँ, सधैँ साथमै रहनुस् है

सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ राईले आफू एक्लैले धरान बनाउन नसक्ने बताएका छन् । उनले त्यसका लागि सम्पूर्णकाे साथ र सहयाेग आवश्यक पर्ने बताएका छन् । २० हजारभन्दा बढी मत ल्याएर धरानकाे मेयरमा निर्वाचित बनेपछि उनले संक्षिप्त सम्बाेधन गर्दै भने, ‘मलाई जिताउनुहुने सम्पूर्ण मतदाताहरूप्रति नतमस्तक छु । मलाई त जिताउनुभयाे, अब पनि म एक्लैले केही गर्न सक्दिनँ । तपाईंहरू सधैँ साथैमा रहनुस् है ।’

धरानकाे विकासकाे सन्दर्भमा आफूले निर्णय लिँदा सबैसँगकाे सुझाव र सल्लाहपछि मात्रै लिने उनले प्रणसमेत गरेका छन् । ‘म तपाईंहरूकाे सल्लाहबिना केही गर्दिनँ,’ उनले भनेका छन्, ‘यहाँका राजनीतिक दल, सराेकारवाला र नागरिक समाज सबै मिलेर मात्रै धरानलाई बनाउन सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *