मुक्तिनाथ उडेको हेलिकाेप्टर बागलुङमा आकस्मिक अवतरण

काठमाडौँ । मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकाेप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकाेप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

मौसममा आएको खराबीका कारण हेलिकाेप्टरले आकस्मिक अवतरण गरेको हो ।

मौसममा सुधार आएपछि हेलिकाेप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकाेप्टर पोखरा फर्कनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *