गभर्नरले भने– ब्याजदर बढाउँदा निक्षेप नबढे पनि आयात कम भएको छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक वस्तु आयात आयात रोक्न कर्जाको ब्याजदर बढाएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बतएका हुन् ।

व्याजदर बढाउँदा निक्षेप नबढेको भए पनि अनाबश्यक आयातलाई निरुत्साहित गर्न सहयोगी भएको उनले बताए ।

‘पक्कै पनि ब्याजदर बढ्दा निक्षेप बढेको छैन,’ उनले भने, ‘तर, हामीलाई आवश्यक आयात रोक्न पनि ब्याजदर बढाउनुपर्ने आवश्यकता देखियो ।’

पछिल्लो समय नेपालीहरु जति पनि मूल्य तिरेर वस्तु खरिद गर्न तयार भएको, उपभोग बढिरहेकोले त्यसलाई निरुत्साहित गर्न ब्याजदर बढाउनु आवश्यक देखिएको उनले बताए ।

‘हामीले कुनै निश्चित क्षेत्रलाई मात्रै हेरेर नीति निर्माण गरेका हुँदैनौँ, समग्र राष्ट्र हितमा नीति नियम ल्याएका हुन्छौँ,’ उनले भने, ‘अहिलेको संकटमा उद्योगी व्यवसायीले पनि आफ्नो नाफाभन्दा राष्ट्रहितलाई शीरमा राखेर काम गर्नुपर्नै अवस्था आएको छ ।’

हाल आन्तरिक कर्जा प्रबाहभन्दा तरलता बाहिरिने क्रम बढेकोले समस्या चर्काएको उनले बताए ।

‘नेपालभित्रै जुन क्षेत्रमा कर्जा प्रवाह गरेको भए पनि बैंकले त्यसको नियमन गरी सम्बन्धित व्यक्तिको सम्पति लिलाम गरेर भए पनि कर्जा असुली गर्छ,’ उनले भने, ‘तर आयातको नाममा जसरी पैसा बाहिरिएको छ त्यो रकम कसरी फिर्ता ल्याउन सकिन्छ र ?’

चालू आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्रा सञ्चितीमा २ खर्ब ३८ अर्ब रुपैयाँले गिरावट आएको र खतराको संकेत भएको समेत गभर्नर अधिकारीले बताए ।

राष्ट्र बैंकले आयातमा लिएको कडाई नीतिले पुसयता केही सुधार आएको समेत उनले जानकारी दिए । राष्ट्र बैंकले लिएको नीतिले केही काम गरेको जानकारी दिँदै यसमा सबै पक्षको साथ र सहयोग चाहिने समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *