आईएमएस लिटिल स्माइलले ल्यायो क्रेन ब्रान्डका बेबी प्रडक्ट

काठमाडौँ । आईएमएस ग्रुपको आईएमएस लिटिल स्माइलले ‘क्रेन’ ब्रान्डका बेबी प्रडक्ट नेपालमा ल्याएको छ ।

क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणका लागि ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ। क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप ‘क्रेन बे’बी लन्च गरेको छ । यो लाइनअपमा बच्चाको बेडिङ्ग, नर्सरी डेकोर, प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसले आफ्ना बच्चाका लागि आवश्यक सामान छनोट गर्न शतप्रतिशत उत्पादनका विकल्प प्रस्तुत गरेको कम्पनीले जनाएको छ । क्रेन बेबीका उत्पादनहरू आकर्षक शैलिका, गुणस्तरीय र वातावरणमैत्री छन् ।

नेपाली चलचित्र अभिनेत्रीहश्र प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईले दरबारमार्गस्थित आईएमएस लिटिल स्माइल्स शोरुमको उद्घाटन गरे ।

कार्यक्रममा क्रेन भारतका प्रतिनिधि समेतको सहभागिता रहेको थियो । यस लाइनअपमा ग्राहकले विभिन्न छुट र उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आइ एम एस लिटल स्माइल दरबारमार्ग स्थित दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित सञ्चालनमा रहेको छ ।

मल्टी ब्रान्ड आउटलेटमा अन्तराष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डिजे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *