सिद्धार्थ बैंकले आईएफसीबाट पायो बेस्ट अपरेसन्स बैंक अवार्ड

काठमाडौँ । सिद्धार्थ बैंकले ‘बेस्ट अपरेसन्स बैंक इन साउथ एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कोअपरेशन(आईएफसी)द्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।

आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको थियो । त्यसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो ।

आईएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरुलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो ।

उक्त अवार्ड शुक्रबार एक विशेष कार्यक्रममा आईएफसीका बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानद्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेललाई हस्तान्तरण गरेका छन् ।

ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बैंकले जनाएको छ

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैंकिङ्ग सेवा र १,५०० भन्दा बढी पिओएस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *