वीरगञ्जमा गठबन्धनका प्रमुख/उपप्रमुख उम्मेदवारको अग्रता कायमै

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिएका छन् ।

वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपप्रमुख पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले पाँच हजार ५४९ मत प्राप्त गरेका छन् ।

यहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)काबीच गठबन्धन गरिएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *