धरानमा ३२८५ मत गन्न बाँकी छँदै हर्कराज राईको जित सुनिश्चित

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा करिब ३ हजार मत गणना बाँकी छँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको विजय निश्चित भएको छ । उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)को जित सुनिश्चित भएको हो ।
धरानको जारी मतगणनामा ३२८५ मत गन्न बाँकी छँदै उनको विजय सुनिश्चित भएको हो । साम्पाङका मुख्य प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार किशोर राईभन्दा ४२८१ मतले अग्रता लिइसकेको उनको जीत सुनिश्चित भएको हो ।
बाँकी रहेको सबै मत गणना गरेर कांग्रेसले सबै मत पाउँदा पनि उनको जीत निश्चित भएको हो । ६२ हजार ८९८ मत खसेकोमा ५९ हजार ६१३ मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साम्पाङले १९ हजार ५९७ मत प्राप्त गरेका गर्दा किशोर राईले १५ हजार ३१६ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार ३४८ मत मात्र प्राप्त रेकी छन् ।
धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रबिक्रम बेघाले १९ हजार २८३ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले १६ हजार ९१६ मत ल्याएर पछ्याई रहेका छन् ।









