सिर्जनाले उछिनिन् केशवलाई, बालेन धेरै अघि

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकामा मतगणना जारी छ । जारी मतगणनाअनुसार सत्तारुढ गडबन्धनकी उम्मेदवार सिर्जना सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् । पछिल्लाे अपडेटअनुसार सिर्जनाले २२ हजार ७२ मत बटुल्दा केशव २१ हजार ५ सय ७१ मतमा खुम्चिएका छन् । याे मतपरिणामअनुसार हेर्दा केशवभन्दा सिर्जना ५ सय १ मतले अगाडि छन् । शनिवार रातिसम्म केशव नै अगाडि थिए ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह भने अगाडिकाे अगाडि नै छन् । उनले सुरुआतदेखि नै अग्रता लिँदै आएका छन् । अहिले पनि दाेस्राे रहेका सिर्जनाभन्दा बाेलन १६ हजार ९ सय ३४ मतले अगाडि नै छन् । बालेनकाे याे मत केशवकाे भन्दा १७ हजार  ४ सय ३५ ले बढी हाे ।

कामपा वडा नं. २१ काे मतगणनाले सिर्जनालाई दाेस्राे बनाएकाे हाे । यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले तेस्राे मत ल्याएका छन् । अहिलेसम्म त्यहाँ १ हजार ५ सय १५ मत गनिएकाे छ । जसमा सिर्जनाले ४ सय ४५ मत ल्याएकी छन् भने केशवले ३ सय ४३ मत ल्याएका छन् । यहाँ बालेन भने चाैथाे नम्बरमा पुगेका छन् । उनले २ सय १८ मत ल्याउँदा वडामा तेस्राे भएका सायमीले २ सय २१ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *