धनगढीमा नाम मात्रैकाे गठबन्धन भयो, स्वतन्त्र झैँ भएँ : वड

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उमेदवार नृपबहादूर वडले नामको मात्रै गठबन्धन भएको बताएका छन् ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालसंग पराजित भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन। उनले चुनाब चिन्ह पाटीको भए पनि आफू स्वतन्त्र उम्मेदवार जस्तै भएको बताए ।

धनगढी उप महानगरपालिकाको निवर्तमान मेयर समेत रहेका वड भने, ‘यहाँ गठबन्धन भएपनि नामको गठबन्धन थियो । म पार्टीबाट चुनाव लडेपनि स्वतन्त्र लडेको हुँ ।’

वडले आफू मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरे । ‘मैले धेरै राम्रा काम सुरू गरेको छु, विकासको जग बसिसकेको छ’, उनले भने, ‘राम्रा कामलाई निरन्तरता दिनुहोला नराम्रा कामलाई सच्याएर जानुहोला ।’ उनले राम्रा काममा हमाललाई सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

निवर्तमान वडले विजयी हमाललाई बधाई तथा शुभकामना पनि दिएका छन् । उनले हमाललाई अंकमाल गरेर बधाई दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *