उपमेयरमा पराजित उम्मेदवारका छोराले एमाले नेता कुटे

काठमाडौँ । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारका छोराले एमाले नेतामाथि हातपात गरेको आरोप लागेको छ । इटहरी उपमहानगरपालिकाको उपमेयर पदको उम्मेदवार रहेका केशव विष्टका छोरा कैलाश विष्टको समूहले नेकपा एमालेका प्रदेश १ सदस्य हिमाल सुवेदीमाथि हातपात गरेको आरोप लागेको हो ।

बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै हातपात गरेको सुवेदीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । उनको आँखामा चोट लागेको छ । सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको उनको भनाई छ ।

आफूमाथि कुटपिट भएपछि दोषीलाई कानूनी कारबाही गरिनुपर्ने उनको माग छ । सुवेदी नेकपा एमाले प्रदेश १ का सदस्य तथा निर्वाचन परिचालन कमिटीका सह-संयोजक हुन् । उनीमाथि हातपात गर्ने विष्ट नेतृत्वको समूह फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *