इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । उपमहानगरको मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले निकटम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरे । उनले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याउन सके ।

उपमेयरमा भने एमालेकी उम्मेदवार चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भइन् । उपमेयरमा पराजित नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्ट ले १८ हजार ३१ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *