काठमाडौँ ३१ मा एमालेका ढकाल निर्वाचित
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![काठमाडौँ ३१ मा एमालेका ढकाल निर्वाचित](https://www.makalukhabar.com/wp-content/uploads/2022/05/yamale-bijayi-win-Makalukhabar.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं ३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल निर्वाचित भएका छन्।
प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि पार्दै एमालेका सरोज ढकाल अध्यक्षमा निर्वाचित भएका हुन्। ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरेका हुन्।
त्यसैगरी, सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेकी हुमादेवी आचार्य निर्वाचित भएका छन्। महिला सदस्यतर्फ एमालेकी अप्सरा सञ्जेलले जित हात पारेकी छन्। दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छन्।
हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी, वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ। कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)