मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना; ४ जनाको मृत्यु

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चारजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च २३१५ नं को जीप आज शनिबार साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो। आठजना सवार सो जीप दुर्घटना हुँदा तीनजनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एकजनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मृतक चारैजना पुरुष रहेको र हालसम्म कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *