धरानमा हर्कराज र अइन्द्रविक्रमको मत बराबर, गणना जारी

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा हाल मत गणना जारी छ ।

प्रमुखमा स्वतन्त्र तर्फका हर्कराज राई १६०२६ मत सहित अग्र स्थानमा छन्, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अइन्द्रविक्रम बेघा १६०२६ मत सहित अग्र स्थानमानै रहेका छन् ।

हाल मतगणना जारी भईरहदा प्रमुख/उपप्रमुख पदका दावेदार हर्कराज र अइन्द्रविक्रमको मत बराबर देखिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका किशोर राई १३१८२ मत प्राप्त गरी हर्कराजलाई पछ्याईरहेका छन् ,भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदमप्रसाद लिम्बु १४४३१ मत सहित बेघालाई पछ्याईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *