पोखरा महानगरमा ३७१२२ मतसहित धनराज आचार्यको अग्रता
२०७९ जेठ ७ गते

पोखरा । पोखरा महानगरपालिकामा ९२५६१ मत गणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ।
पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य ३७१२२ मतसहित अगाडि छन्। गठबन्धनका आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले ३३८५० मत प्राप्त गरेका छन्। आचार्य भन्दा थापा ३२७२ मतले पछाडि छन्।मेयरमै उठेका राप्रपाका शंकर खरालले ४२२८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २४४५ मत प्राप्त गरेका छन्।
उपमेयरमा मतसहित एमालेकी मन्जु गुरुङ ३८५७६ मतसहित अग्रस्थानमा छिन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३७५४५ मत ल्याएकी छन् भने गुरुङलाई पछ्याउँदै राप्रपाकी रन्जना कुमारी सेनले ४१३१ मत प्राप्त गरेकी छन्। अघिल्लो मतपरिणाम अनुसार झिनो मतले पछाडि रहेकी एमालेकी गुरुख हाल १०३१ मतले अगाडि छिन्।
मतगणना जारी छ।
२०७९ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित









