काठमाडौँ महानगरमा ३४१३० मतसहित बालेनको अग्रता कायमै

२०७९ जेठ ७ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह (बालेन)ले आकर्षक मतका साथ अग्रता कायम गरेका छन्।
हालको ताजा अपडेट अनुसार उनी ३४१३० मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित १८५४७ मतका साथ दोस्रो स्थानमा छन्। साह र स्थापितबीच १५५८३ मतको अन्तर छ।
त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८४२९ र राप्रपाका मदनदास श्रेष्ठले १७९६ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ।

२०७९ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित