टुँडीखेलमा साकेलाको रौनक (फोटो फिचर)

काठमाडौँ । आज शनिबार काठमाडौँको टुँडीखेलमा किराँत धर्मावलम्बीहरूको महान चाड साकेला भव्यताका साथ मनाइँदैछ।

टुँडीखेलमा आज साकेलाका कारण वेग्लै रौनक देखिएको छ। साकेला किराँती समुदायमा मनाइने एउटा विशेष चाड हो। किँरातहरूले वर्षमा दुईपटक साकेला मनाउने गर्छन्। साकेलालाई उधौली र उभौली पनि भन्ने गरिन्छ। साकेला उधौली वैशाख पूर्णिमा र साकेला उभौली मंसिर पूर्णिमामा मनाउने गरिन्छ। आज देशैभर विभिन्न स्थानमा किराँतहरू साकेला उधौली मनाइरहेका छन्।

यस पर्वमा आफ्नो परम्परागत भेषभुषामा गोलो घेरा बनेर नाच्ने गरिन्छ। किराँतहरू प्रकृतिको पूजामा विश्वास गर्छन्। साकेला पर्व राम्रो बाली र प्राकृतिक प्रकोपबाट सुरक्षाको लागि गरिने प्रकृतिको पूजासँग सम्बन्धित छ।

काठमाडौँको टुँडीखेलमा देखिएको साकेलाको रौनक केही तस्वीरहरूमाः






प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *