बलात्कारविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो/भिडिओ)

काठमाडौँ । काठमाडाैँकाे माइतीघर बलात्कारविरुद्धको प्रदर्शन गरिएकाे छ ।

हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हाे ।

आठ बर्षअघि भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी हुँदा होटलमा बोलाएर बलात्कार गरेको र त्यसपछिपनि निरन्तर शोषण गरिएको भन्दै एक युवतीले सामाजिक सञ्चालमार्फत खुलासा गरेपछि प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने भन्दै नारावाजी गरेका थिए ।

त्यस्तै उनीहरुले यस बिषयमा छिटो अनुसन्धान सुरु गर्न पनि राज्यको ध्यानाकर्षण गराएका थिए । बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको खुलासा गरेपछि युवाहरुले प्रदर्शन सुरु गरेका छन् ।

तस्विरहरु :

भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *