एमालेका मेयर उम्मेदवारको वडामा वडाध्यक्षमा भने कांग्रेसको अग्रता

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ एमालेबाट मेयरमा उठेका उम्मेदवार कृष्ण थापाको वडा हो। तर, एमालेका मेयर उम्मेदवार थापाको वडामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ।

थापाले आफ्नो वडाबाट ३ सयभन्दा बढीको अग्रता लिएका छन्। थापाले १ हजार ७ मत पाउँदा समग्रमा अग्रता लिएका निकटतम प्रतिस्पर्धी गठबन्धनका धनराज आचार्यले थापाको वडामा भने मात्र ७ सय मत पाएका छन्। यहाँबाट स्वतन्त्र उम्मेदवार गनेस पौडेलको ३० मत आएको छ।

त्यस्तै, उपमेयरमा पनि एमाले उम्मेदवारको अग्रता छ। एमाले उम्मेदवार मन्जुदेवी गुरुङको १ हजार २६ मत आउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटको ७ सय ३० मत मात्रै छ।

तर, वडाध्यक्षमा भने कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्। कांग्रेसका अमृत तिमिल्सीनाले ९ सय २५ मत पाउँदा एमालेका राजेश गुरुङले ९ सय ५ मत पाएका छन्। एमालेका गुरुङभन्दा कांग्रेसका तिमिल्सिना वडा अध्यक्षमा २० मतले अगाडि देखिएका छन्।

वडा सदस्यहरूमा भने एमालेकै अग्रता कायम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *