माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट

काठमाडौँ । माछापुच्छ्रे बैंकका ग्राहकले पोखरामा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यवसायिक सम्झौता गरेको हो ।

सम्झौतापत्रमा अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेल र माछापुच्छ्रे बैंका शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आइरहेको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपूर्ण केबुलकारबाट टिकेट काट्दा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट÷के्रडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आर्कषक छुट प्रदानगर्दै आएको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउँदै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *