धरानमा हर्कराजले कटाए १४ हजार मत, किशोरले पछ्याउँदै

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता जारी राखेका छन् । निकै प्रतिस्पर्धात्मक रहेको मेयर पदमा लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेका हर्कले कांग्रेसका किशोर राईलाई उछिनेका हुन् ।

पछिल्लो मत गणनाको अपडेट अनुसार हर्कले कांग्रेसका किशोरमाथि २१८५ मतको अग्रता हासिल गरेका छन् । हर्कले १४१८३ मत ल्याएका छन् भने कांग्रेसका किशोरले ११९९८ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी मञ्जु भण्डारीले ९७३५ मत पाएकी छन् ।

धरानमा उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १४१४८ मतसहित अग्रता हासिल गरेका छन् भने एमालेका पद्मप्रसाद लिम्बुले १३१८३ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *