इटहरीमा कांग्रेस अघिअघि, एमाले पछिपछि

काठमाडाैँ । सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका पौडेलले २६६५२ मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले २२५८० मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका आकाश हाङ लिम्बुले २६६१ मत ल्याएर तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा एमालेकी संगीताकुमारी चौधरीले २५९५१ मत ल्याएर अग्रता लिइरहेकी छिन् भने उनलाई पछ्याउँदै गठबन्धनका उम्मेदवार केशवकुमार विष्टले १४९५६ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *