विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा निर्वाचित, उपेन्द्रका छोरा पराजित

विराटनगर । विराटनगर महानगरपालिकाको दोश्रो मेयरमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईराला र नेकपा एमालेकी उपमेयरकी उम्मेदवार शिल्पा निरौला कार्की निर्वाचित भएका छन् ।

८९७८९ मत खसेकोमा नागेश कोईरालाले ३०१७० ल्याए भने एमालेकी शिल्पा कार्कीले २५६३० मत ल्याईन् । विराटनगर महानगरपालिकाको मेयरमा ८७१५ र उपमेयरमा ११४६१ मत अन्तरमा चुनाव जितेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्बजनिक गरेको अन्तिम मत परिणाम अनुसार मेयरमा कोईरालाले ३०१७० मत ल्याउँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले २१४५५ मत मात्र ल्याउन सके ।

त्यस्तै उपप्रमुखमा एमालेकी शिल्पाले २५६८० मत ल्याउँदा उनको प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १४२१९ मत मात्र ल्याए ।

आफ्नो छोरालाई जिताउनको लागि विराटनगर महानगरपालिकामा उपमेयर लिएर गठबन्धन गरेको जसपा अध्यक्ष उपेन्द्र यादवलाई आरोप लाग्दै आएको थियो । त्यसैको विरुद्धमा जसपा परित्याग गरेर स्वतन्त्र मेयरको उम्मेदवार दिएका उमेश यादवले ८७९५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वडा नम्बर १ मा नेकपा एमाले बिराटनगर महानगरपालिकाको ९ वटा वडा जितेको छ। एमालेले वडा नम्बर १,२,३,४, ८, १०, ११, १४ र १९ वडा जितेको छ। नेपाली कांग्रेसले वडा नम्बर ५, ६, ७, ९, १५ र १६ जितेको छ। दुईवटा वटा वडा जसपाले जितेको छ।

जसपाले वडा नम्बर १२ र वडा नम्बर १७ जितेको हो । वडा नम्बर १३ मा राप्रपाका सुर्यलाल यादव निर्वाचित हुँदा वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार जीतेन्द्रकुमार साह निर्वाचित भए । नेकपा एमालेले जितेको वडाहरुमा वडा नम्बर १ मा काजीबहादुर बस्नेत, वडा नम्बर २ मा कुमार पोखरेल, वडा नम्बर ३ मा बासुबहादुर बस्नेत, वडा नम्बर ४ मा जितन थापा रहेका छन् ।

त्यस्तै वडा नम्बर ८ मा राम पोखरेल, वडा नम्बर १० मा अर्जुन गिरी, वडा नम्बर ११ मा तिर्थेन्द्र न्यौपाने, वडा नम्बर १४ मा सुर्यनारायण महतो र वडा नम्बर १९ मा श्याम घिमिरे निर्वाचित भए । नेपाली कांग्रेसले जितेको वडाहरुमा वडा नम्बर ५ मा सन्तोष न्यौपाने, वडा नम्बर ६ मा हरिशचन्द्र सहनी, वडा नम्बर ७ मा मधुबाबु तिवारी, वडानम्बर ९ मा विश्वनाथप्रसाद भगत वडा नम्बर १५ मा प्रकाश साह, वडा नम्बर १६ मा उद्धब कुुमार भुजेल छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका वडा नम्बर १२ का हिरालाल कामत र वडानम्ब १७ का समिम कमर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *