कैलालीको लम्कीचुहामा मेयर र उपमेयरमा महिला विजयी

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा महिला विजयी भएका छन्।

नगरपालिकाको मेयरमा कांंग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन्। मेयर शाहीले १२ हजार ७१३ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याए। बजगाई निवर्तमान मेयर हुन्। मेयरमा विजयी शाही सुदूरपश्चिममा यसपटकको चुनावबाट मेयरमा निर्वाचित हुने दोस्रो महिला मेयर हुन्। यसअघि अछामको पञ्चदेवल विनायकबाट कांग्रेसकै अम्बिका चलाउने मेयरमा विजयी भएकी हुन्।

यस्तै, लम्कीचुहा नगरपालिकाको उपप्रमुखमा चौधरीले ११ हजार ७८ र उनकी प्रतिस्पर्धी माओवादीकी जानकीकुमारी शाहीले आठ हजार ३०८ मत ल्याएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *